दशैं बहिष्कार किन ? डम्बर चेम्जोङ

Wednesday, October 7, 2015

डम्बर चेम्जोङ
दशैं कस्तो र कस्को चाड हो भन्नेमा केहि भ्रम छन् । पूजाआजा, आराधना, अनुष्ठान भनेको कुनै पनि समुदाय तथा समाजको सामाजिक, सांस्कृतिक र जीवन परम्परासँग अभिन्न रुपमा गाँसिएर आएको हुनुपर्छ । पुर्खासँगको सम्बन्ध, भूमिसँगको सम्बन्ध, आफ्नो ईष्ट देविदेवतासँगको सम्बन्ध सुचारु राख्न पूजाआजा, अनुष्ठान गरेर मनाइने चाडपर्व सांस्कृतिक तथा धार्मिक चाड हो । तर नेपाली हिन्दुहरुले मनाउने दशैं पूजाआजा गरिने चाड भने होइन ।
नेपालमा दशैंको सान्दर्भिकता मूलतः राजनीतिक अर्थमा छ । पछि आएर चाँहि दशैंले सामाजिक रुप लिएको हो । बली दिएर पूजाआजा गरिने भएकाले दशैंको सन्दर्भ राजनीतिक रुपमा जोडिएको छ । हिन्दु राज्यको बिस्तारमा आदिवासी जनजातिलाई समाहित गर्न दशैं मान्नैपर्छ भनेर उनीहरुलाई बाध्य पारियो । हिन्दु सत्ताले दशैं मान्नैपर्छ भनेर आदेश र हुकुमहरु समेत जारी ग~यो । सत्तामा रहनेहरुले भैंसी, राँगा, खसीको बली दिँदै दशैं मनाउनुको अर्थ पनि हिन्दु राज्यको बिस्तार र हैकम नस्वीकार्ने तथा चुनौती दिनेहरुलाई प्रतिकात्मक रुपमा डर देखाउनु समेत हो । केन्द्रीय सत्ता निर्माणको क्रममा उनीहरुले आफ्ना वरिपरीकालाई आशिर्वाद दिने नाममा उस्को हैकम र अधिनस्थतालाई स्वीकार गर्न लगायो । स्थानीय सत्ताधारीहरुले पनि आफ्नो हैकम र अधिनस्थतालाई कायम राख्न बलीपूजा गरेर या आशिर्वाद दिएजस्तो गरे । केन्द्रीय सत्ताकै चलाखि अनुरुप स्थानीय सत्ताधारीले पनि आफ्नो अधिनस्थता आसेपासेलाई स्वीकार्न बाध्य पारे ।
दशैं आदिवासी जनजातिको सांस्कृतिक र राजनीतिक चाड होइन । तर आदिवासी जनजातिले पनि दशैं मनाउनुको कारण चाँहि केन्द्रीय सत्ता (हिन्दु राज्य)ले आफ्नो हैकम र अधिनस्थता स्वीकार्न लगाएजस्तै स्थानीय सत्तामा रहेकाले आफ्नो हैकम र अधिनस्थतालाई कायम राख्ने क्रममा बाध्य पारेर हो । यो मान्ने र मनाउने क्रममा एक किसिमको सामाजिक सम्बन्धहरुको विकास भने भएको छ । लिम्बूहरुकै कुरा गर्दा पनि दशैं नमान्ने भनेर उनीहरुलाई उम्किने ठाउँ नै थिएन । कसरी भने दशैं सकिएलगत्तै हिन्दु सत्ताले पठाएका दूतहरु गाउँगाउँमा जाने र दशैं मनाए कि मनाएनन् ? राँगा बली चढाएर त्यस्को रगतको पञ्जाछाप घरको ढोका/भित्तामा लाएर राखेका छन् कि छैनन् ? त्यो निरन्तर निरीक्षण भइरह्यो । खासमा त्यो जबरजस्तीपूर्वक नै भएको थियो । रणबहादुर शाहको पालामा दशैं मनाउनैपर्छ भनेर लिम्बूहरुलाई विशेष इस्तिहारहरु जारी भएको प्रमाणहरु भेटिन्छन् । सुब्बाहरुले बली दिए नदिएको, बलीपछिको रगतको पञ्जाछाप लाएको छ कि छैन भनेर निरीक्षण गर्न केन्द्रीय सत्ताले आदेश नै जारी गरेको थियो । त्यस्माथि आफ्नो हैकम कायम रहने भएकाले स्थानीय सत्ताधारीले पनि अझै तलकालाई दशैं स्वीकार्न बाध्य पारे । त्यस्ले राजनीतिक र सांस्कृतिक रुपमा आफ्नो पर्व नभए पनि आदिवासी जनजातिले सामाजिक रुपमा चाँहि दशैं मान्न थाले ।
आख्यानहरुमा सूर शक्ति (देउताहरु)ले असूर शक्ति (राक्षसहरु)माथि विजय प्राप्त गरेको खुशियालीमा दशैं मनाइएको भन्ने छ । देव शक्तिको रुपमा आर्यहरु र राक्षस शक्तिको रुपमा अनार्यहरु हुन् भन्ने उनीहरुकै व्याख्याहरुले देखाउँछ । अर्कोतर्फ आदिवासी जनजातिहरु माझ पनि आफ्नै पुर्खाको हत्या गरेर रगतको रातो टिका दशैंमा लगाइएको हो भन्ने मिथक व्याप्त छ । झट्ट हेर्दा त्यो होइन कि जस्तो देखिए पनि ऐतिहासिक र राजनीतिक घटनाक्रमहरुले त्यो मिथकभित्र वास्तविकता उजागर भएको भेटिन्छ । खासगरी हिन्दुहरुले अहिन्दुहरुमाथि विजय प्राप्त गरेको उल्लासमा दशैं मनाइएको कुरालाई आदिवासी जनजातिले मिथक श्रृजना गरेको देखिन्छ । त्यै मिथकको विश्वासमा आदिवासी जनजातिले दशैंमा सेतो टिका लगाउने गर्छन् । उनीहरुले दशैं मनाउनुलाई गलत भनिहाल्नु चाँहि हुन्न । तर दशैं निरन्तर मनाइरहनुले हिन्दु राज्य बिस्तारको प्रक्रियालाई अझै पनि स्वीकारिरहन्छौं भन्ने सन्देश गइरहन्छ ।

दशैं सांस्कृतिक र धार्मिक पर्व होइन । दशैं सत्ताधारीको पर्व हो । स्थानीय सत्तामा रहन पाएकाले आदिवासी जनजातिले दशैं मनाएका हुन् । तर उनीहरुले आफ्नै सामाजिक परिवेशमा ढालेर मात्रै दशैं मनाएका छन् । उनीहरुले सुँगुरको मासु, जाँड, रक्सी (हिन्दुहरुका लागि अपवित्र) चढाउने र त्यस्को कोसेली बाँडचुँड गरेर दशैं मनाएको देखिन्छ । यसहिसाबले आदिवासी जनजातिले दशैं मनाएजस्तो त देखिन्छ । तर त्यो खासमा बहिष्कार नै हो । रुपमा दशैं मनाइरहे पनि आदिवासी जनजातिले सारमा चाँहि बहिष्कार नै गरिरहेका छन् । हिजो हिन्दु अधिराज्यको बिस्तार, हैकम र त्यस्को अधिनस्थताको स्वीकारोक्तीका प्रमाण स्वरुप जनावरको बली चढाएर दशैं मान्ने चलन बसेको हो । अहिले ऐतिहासिक प्रमाण र पहिचानका आधारमा संघीय प्रान्तहरुको निर्माण हुनुपर्छ भन्ने बहस चलिरहेको बेला दशैंको बहिष्कार गरिनु सान्दर्भिक देखिन्छ । अर्कोतर्फ हिजोको एकात्मक हिन्दु सत्ताले जबरजस्ती थोपरेको व्यवस्थालाई चुनौती दिन पनि दशैं बहिष्कार अर्थपूर्ण छ ।

अहिले दशैं बहिष्कारको आन्दोलन कमजोर भएको भन्ने भनाई सहि होइन । बरु त्यो सफल भएको हो । हिन्दु धार्मिक, एकात्मकता, अधिनस्थता हामीलाई स्वीकार्य छैन भनेर आदिवासी जनजातिले आफ्नै विशिष्ट चाडपर्व मनाउन थालेका छन् । त्यस्ले पनि दशैं बहिष्कारको आन्दोलन सफल भएको देखिन्छ । गैर हिन्दुहरु एकढंगले एकतावद्ध हुनुलाई पनि आन्दोलनको सफलता भन्नुपर्छ । बरु त्यो आन्दोलनले बिस्तारै ठोस आकार लिदैँछ । दशैं बहिष्कार आन्दोलनको अगुवाई गर्ने गोरेबहादुर खपांगीले दशैंमा टिका लगाउनु व्यक्तिगत आकांक्षा हो । तर उन्को त्यो कदमले आन्दोलनमै असर पारेको छ भन्न मिल्दैन । बरु व्यक्तिगत तहमा खपांगीलाई नै असर प~यो । दशैं बहिष्कार आन्दोलनका अगुवाले नै टिका लगाउन थाले । त्यो ठीक होइन रैछ भनेर आदिवासी जनजातिले दशैं बहिष्कार गर्न छाडेनन्, नेताले नै बाटो बिराए पो भने त !
#copy&paste http://opedpost.com/
Read more >>

यसकारण दशैँ परित्याग- डा. कृष्ण भट्टचन

डा. कृष्ण भट्टचन
डा. कृष्ण भट्टचन
आफ्नो चाडपर्वलाई चाहिँ निमिट्यान्न हुन नदिऊँ, र दशैं जस्तो चाडले जनजाति चाडहरूलाई सिध्याएको हुनाले सके बहिष्कार गरौं, नसके परित्याग गरौं त्यति पनि नभए आफ्नो चाडपर्व चाहिँ धुमधामले मनाऔं भन्ने कुरामा जनजाति आन्दोलन विगतका वर्षहरूदेखि निर्देशित देखिन्छ ।
दशैं धनी हिन्दूलाई खासा, गरिब हिन्दूलाई दशा र जनजातिलाई दुर्दशाको चाड हो । नेपालमा गएको दुई सय वर्षको अवधिमा हिन्दू धर्म संस्कृति र मूल्यमान्यता वा बाहुनवादको एकाधिकार रह्यो, राइदाइ र दलनमलन रह्यो । राज्यले नै हिन्दू धर्मको पक्ष लिएर हिन्दू अधिराज्य घोषणा गरेपछि देश धर्म निरपेक्ष हुनुभन्दा अघिसम्म हिन्दू धर्म र संस्कृतिलाई काखी च्याप्ने र बाँकीलाई पाखामा पार्ने वा बहिष्करणमा पार्ने नीति लिइयो । यसैलाई वाहुनवाद भनिएको हो । मैले यसको विरोध गर्ने गरेको हुँ । दशैं त्यसको रुप मात्र हो ।
Read more >>

Samaya Sandarva with Rajendra Shrestha Published on Jul 2, 2015

Thursday, July 30, 2015

Interview with Rajendra Shrestha only on Himalaya Television.



Read more >>

भारत की सबसे बड़ी गार्इ सप्लाई करने वाली कम्पनियों में से 4 के मालिक ब्राम्हण हैं ।

एक खबर पढ़ के मुझे बड़ा आश्चर्य हो रहा है!!!भारत की 6 सबसे बड़ी गोश्त सप्लाई करने वाली कम्पनियों में से 4 के मालिक ब्रा...

Posted by Shailesh Kumar on Sunday, July 12, 2015
Read more >>

नेपालमा जातीय बर्णाश्रम ब्यवस्थाबारे एक प्रशिक्षाण ।

Sunday, December 8, 2013

Read more >>

Ang Kaji Sherpa Khula Mancha Asad 1

Wednesday, September 25, 2013

Read more >>

kisan kaji sherpa jorparty kon sabhaa

Read more >>

Talk with Ashok Rai : Fireside (3rd June 2013)

Read more >>